बम विस्फोटमा दुवै खुट्टा गुमाएका हरिको अठोट : कृत्रिम खुट्टाले सगरमाथा चढेर दुनियाँलाई देखाउने छु

तस्बिरः सेतोपाटी

ब्रिटिस आर्मीमा भर्ती हुनुभन्दा पहिला उनको परिवारले चरम गरिबी भोगेको थियो।

उनले निकै संघर्षका साथ एसएलसी उत्तिर्ण गरे। उनको बुवाको सपना थियो छोरा ब्रिटिस आर्मी होस् भन्ने र संघर्ष गर्दै उनले बुवाको सपना पूरा गरिछाडे।

सन् १९९२/९३ तिर बुवाको त्यो सपनालाई पूरा गर्न गोरखा पल्टनमा भर्ती भए।

तर, त्यो सपना बीचमै तुहियो।

सन् २०१० अप्रिल १७ गते उनको लागि कालो दिन।

ब्रिटिस आर्मीमा भर्ती भएका उनी नेटो(उत्तर एटलान्टिक सन्धि संगठन)को मिसनमा अफगानिस्तान पुगे। त्यही दिन दिउँसो विद्रोहीले थापेको विद्युतीय धरापमा उनी परे। २५ जनाको टोलीमा दुर्भाग्यले उनीमात्र परे र दुवै खुट्टा गुमाउन पुगे।

उनी हुन्, रोल्पाका स्थायी बासिन्दा हरि बूढामगर।

प्रकाशित मिति: : 2019-05-18 15:32:38

प्रतिकृया दिनुहोस्