
न्यायका निरीह सात वर्ष
बिएल संवाददाता
‘लम्किरहेको हात्तीजस्तै। उडिरहेको पन्छीजस्तै। मानौँ– गगन थाम्न उक्लिएझैँ।’ नीलो आकाश र हरियो पहाडसामु अग्ला–अग्ला दुईवटा डमी छन्। फुटबल ‘स्टार’ लियोनेल मेस्सी र नेमार सडक छेउमा उभिएका छन्।
विश्वकपको उन्मादसँगै दक्षिणी भारतीय राज्य केरलामा ‘स्टार’ खेलाडीको बेग्लै ‘क्रेज’ छ। कतारमा फुटबल विश्वकप चलिरहँदा गाउँ–गाउँमा उत्साह छ। फुटबल समर्थकहरू डमी छेउ पुगेर ‘मेस्सी–नेमार’सँग सेल्फी खिच्छन्। आ–आफ्ना ‘स्टार’को चर्चा गर्छन्। कतार सम्झेर रमाउँछन्। एकछिनमै घर फर्किन्छन्।
मानौँ– विश्वकप फुटबल केरलाामै भइरहेको छ। मेस्सीका ‘फ्यान’हरू विश्वकप अर्जेन्टिनाले जित्छ भन्छन्। अनि उस्तै दाबी गर्छन्, ब्राजिलप्रेमी।
३५ वर्षीय नौसिर नेलिकोडे अर्जेन्टिनाका प्रशंसक हुन्। उनी मेस्सी र अर्जेन्टिनाको भलो चाहन्छन्। तर उनका भाइ ब्राजिलकाे समर्थनमा छन्। दाइ मेस्सी र भाइ नेमारको पक्षमा वकालत गर्छन्। यतिबेला दाजुभाइले समर्थन गरेका दुवै टोली कतारी मैदानमा विश्वकपकाे उपाधि हत्याउन मैदानभित्र भिड्दै छन्। तर नौसिरजस्ता हजारौँ युवा–युवतीहरू केरलामा राम्रोसँग निदाएका छैनन्।
केरलामा परिवार विभाजित छ। कतारमा खेल चलिरहँदा छुट्टै उमंग छ। लाखौँ भारतीयहरू क्रिकेटमा रुचि राख्छन्। धेरैपटक क्रिकेट जित्नका लागि विश्व मैदानमा दौडिएका छन्, भारतीय खेलाडी। फुटबलको इतिहास लामो छ। तर भारतले फुटबल खेलेर कहिल्यै विश्व इतिहास रचेको छैन।
केरलामा फुटबलप्रति उग्र समर्थन छ। सन् १९५० को दशकमा पेलेको उदयसँगै ब्राजिल र सन् १९८० को दशकमा डिएगो म्याराडोनाको आगमनसँगै अर्जेन्टिना समर्थकले संसार ढाकेका छन्।
केरलाबासीले अर्जेन्टिना र ब्राजिलका झण्डाहरू हावामा फहराइरहेका छन्। समुन्द्री तट, भरिभराउ सडक, साँघुरो ‘चोक–गल्ली’ र पसलमा स्टार खेलाडी ‘मेस्सी–नेमार’ छन्।
ब्राजिलियन समर्थकले बनाएका सेल्फी स्टेशनमा टोलीका शीर्ष स्टार नेमारको डमी राखिएको छ। खेलकुद पसलमा मेस्सीको नीलो र सेतो (१०) जर्सी छ्याप्पछ्याप्ती पाइन्छ। चित्रहरूले नरिवलका रूख ढाकेका छन्। घरको पर्खालमा उस्तै तमासा छ।
केरलाभरि ‘मेस्सी–नेमार’ सजाइएका छन्। सडक छेउका चिया पसलमा आ–आफ्नो मनपर्ने टोलीले जित्ने अनुमानमा स्थानीयहरू बाजी लगाउँछन्। एउटा सुन्दर गाउँ छ। गाउँको छेउमा शान्त ताल छ। तालमाथि ‘क्रिस्टियानो रोनाल्डो, मेस्सी र नेमार’को आकृति तैरिरहेको छ।
नदीको किनारमा राखिएको मेस्सी र नेमारको ३० फिट अग्लो डमीसामु थ्रुपै प्रशंसक भेटिन्छन्। तर गाउँमा पोर्चुगलका ‘फ्यान’ कमै संख्यामा छन्। सयौँको ठूलो भीड लाग्दा ४–५ जना फेला पर्छन्। केरलााभरिबाट पोर्चुगलका समर्थकहरूले पैसा जम्मा गरेर मेस्सीको छेउमा पोर्चुगलका ‘स्टार’ रोनाल्डोको डमी राखेका छन्।
केरलामा विश्वकपको छुट्टै रौनक छ। ठाउँ–गाउँमा ठुल्ठूला ‘स्क्रिन’ राखिएको छ। भीडले रमाइलोसँगै विवाद पनि बढाएको छ। अर्जेन्टिना र ब्राजिलका ‘फ्यान’हरू जित्दा उत्सव मनाउँदै पटाका पट्काउँछन्। हारेपछि खेल नसकिँदै घरतिर फर्किन्छन्। केरलााको ग्रामीण क्षेत्रमा पनि फुटबलको बेग्लै ‘क्रेज’ छ।
(याे सामग्री ‘भारतीय समाचार एजेन्सी’ र ‘द न्युयोर्क टाइम्स’काे सहयाेगमा तयार पारिएकाे हाे।)
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया