प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य: निजी चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थोपचार गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा अभिवादन गर्दै।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले उनको स्वास्थ्य सामान्य भएको जानकारी गराएकी छन्।

शुक्रबार शाहले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य भएकाले उनी नियमित कामलाई निरन्तरता दिनसक्ने बताएकी हुन्।

सिंगापुरको नेशनल युनभर्सिटी अस्पताल (एनयुएच)मा दुई साता लामो उपचार गरेर शुक्रबार स्वदेश फर्किएका ओली आजैदेखि नियमित काममा लाग्ने भएका छन्।

शाहले प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई हटाउने वैज्ञानिक ‍‍विधि  प्लाज्मा फेरिसिस पूरा भएकोसमेत बताएकी छन्।

मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते  उपचारका लागि सिंगापुर गएका थिए।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंहको प्रेस वक्तव्य

प्रकाशित मिति: : 2019-09-06 16:46:51

प्रतिकृया दिनुहोस्