रुसलाई भारतले १ अर्ब डलर ऋण दिने

Agency

कुनै बेला रुसबाट सहयोग माग्ने भारतले अहिले उल्टै रुसलाई १ अर्ब डलरको आर्थिक सहयोग दिने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको दुई दिने भ्रमणका क्रममा यसको जानकारी दिएका हुन्। रुसको सुदूर पूर्वी शहर ब्लादिवोस्तोकको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले युरेशिया र प्यासिफिक क्षेत्रको संगमको रुपमा रहेको ब्लादिवोस्तोकको विकाशका लागि १ अर्ब ऋण दिने घोषणा गरे।

ब्लादिवोस्तोक समुन्द्री व्यापार, सामरिक र सुरक्षाको हिसाबले भारतका लागि महत्वपूर्ण मानिन्छ।

याे पनि: इरानी सुन्दरीका सुइना

भारतले विशेष सर्तमा यो ऋण प्रभाव गर्ने बताएको छ। ब्लादिवोस्तोक सुदूर पूर्वी क्षेत्रको निकै जाडो हुने ठाउँ साइबेरियामा पर्छ। यो क्षेत्रको भुभाग चीन, मंगोलिया र उत्तर कोरियासँग जोडिएको छ भने जापान र अमेरिकासँग समुन्द्री सीमाले जोडिएको छ।

यो क्षेत्रलाई आफ्नो प्रभावभित्र राख्न अमेरिका र चीनको पनि होडबाजी चलिरहन्छ। भारतले १९९२ मै यहाँ आफ्नो वाणिज्य दुतावास खोलेको थियो।

भारत र रुस यो क्षेत्रलाई चेन्नईको समुन्द्रसँग जोड्ने कुरामा सहमत भएका छन्। चीनले पछिल्लो समय ‘वान बेल्ट वान रोड’ को महत्वकांक्षी परियोजनालाई अगाडि सारेको सन्दर्भमा भारतले रुससँग ब्लादिवोस्तोक–चीन समुन्द्र लिङ्को नीतिमार्फत दह्रो जवाफ दिन खोजेको बताइएको छ।

याे पनि: यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

चिनियाँ रणनीति ‘स्ट्रिङ अफ पर्ल’ लाई असफल तुल्याउन भारतले चालेको यो कदमले महत्व राख्ने अन्तर्राष्ट्रिय जानकारहरू बताउँछन्। चीन विभिन्न देशको टापुहरूसँग सम्बन्ध बनाएर हिन्द महासागरमा पकड बनाउन चाहन्छ।

ब्लादिवोस्तोकको बन्दरगाहबाट भारतको चिन्नईसम्म ठूलो मालसमान ३७ किलोमिटर प्रति घण्टाको रफ्तारले ल्याउँदा पनि १० दिनभित्र आइसक्ने बताइएको छ।

रुसको सुदूर पूर्वीय क्षेत्र प्राकृतिक संसाधनबाट सम्पन्न मानिन्छ। यस क्षेत्रमा तेल, प्राकृतिक ग्यास, काठ, सुन र हिराको खानी रहेको बताइन्छ।

प्रकाशित मिति: : 2019-09-06 15:06:34

प्रतिकृया दिनुहोस्