ल्याण्डफिल साइटको विकल्पको खोजीमा सरकार

तस्बिरः बिएल

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शहरबजारबाट उत्पन्न हुने फोहर व्यवस्थापनका लागि सधै ‘ल्याण्डफिल साइट’ खोजेर मात्र समस्याको समाधान नहुने बताए। उनले सरकार सो समस्याको समाधानका लागि गम्भीर भएर वैकल्पिक उपाय खोजीमा लागेको स्पष्ट पारे। मन्त्री बस्नेतले वातावरणको सरसफाईका सम्बन्धमा दिर्घकालिन समाधानका लागि गम्भिरतापूर्वक लिएर काम अधि बढाइरहेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभामा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धी उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। त्यस्तै फोहोरलाई मोहोरमा बदल्न कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरी प्रशोधन गरेर त्यसलाई विभिन्न क्षेत्रमा प्रयोगका लागि काम अधि बढाइएको पनि बताए। त्यस्तै चुरे संरक्षण तथा व्यवस्थापनका लागि पनि सरकारले गुरुयोजना बनाएर त्यसको आधारमा काम अघि बढाइएको जानकारी दिए। चुरे संरक्षणको काम यति समयमा सकिन्छ भनेर समय किटान गरेर भन्न नसक्ने अवस्थामा रहेपनि निरन्तर रुपमा समस्याहरु घट्दै जाने दाबी गरे। उनले वन जङ्गलमा लाग्ने डढेलो नियन्त्रणका लागि स्थानीय र प्रदेश सरकारसँग सम्वन्य गरे काम गर्ने उल्लेख गर्नुभयो।

बैठकले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयक, २०७५ सर्वसहमतीले पारित गरेको छ। बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे। त्यस्तै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राजश्व चुहावट (अनुसन्धान र नियन्त्रण) (पहिलोसंशोधन) विधेयक सम्बन्धी समितिकोप्रतिवेदन, २०७६ पेश गरे।

 

प्रकाशित मिति: : 2019-09-04 19:35:53

प्रतिकृया दिनुहोस्