ओली भेट्न सिंगापुर जादै बामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन्।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गौमत बुधबार दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्ने बताइको छ।

यसअघि नेकपाका महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार सिंगापुर पुगिसकेका छन्।

प्रधानमन्त्री ओली उपचार सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-04 10:40:45

प्रतिकृया दिनुहोस्