हङकङमा प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार

तस्बिरः एजेन्सी

हङकङमा सरकारविरोधी प्रदर्शन थप चर्किएको छ।

प्रदर्शनकारीले विमानस्थलसहित सहरका मुख्य सडकहरू लामो समयदेखि अवरुद्ध पारिरहेका छ्न्।

यसैबीच प्रहरीले प्रदर्शनकारीमाथि आइतबार खुर्सानीको धुलो प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। खुर्सानीको धुलो प्रहारबाट दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सञ्चालन गर्न नदिँदा सयौं यात्री पैदलै विमानस्थल पुगेका थिए।

सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ ।

हङकङमा पछिल्लो समय भइरहेको प्रदर्शन स्वतन्त्रता र स्वायतत्ताको मागतर्फ अघि बढिरहेको छ ।

कुनैख बेला बेलायतको उपनिवेशकारुपमा रहेको हङकङ हाल एक राष्ट्र दुई प्रणालीअन्तर्गत् चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ ।

सरकारले चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा सुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ ।

विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित रहेको भन्दै उनीहरुले विधेयक खारेजीको माग यथावत् राखेका छन् ।

माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुले चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2019-09-02 08:44:44

प्रतिकृया दिनुहोस्