दैवी प्रकोपको उद्धारमा सरकारले राम्रो काम गरेको छ : गृहमन्त्री थापा

तस्बिरः बिएल

गृहमन्त्री रामबहादुर थापाले दैवी प्रकोप उद्धारमा गृहमन्त्रालयले महत्वपूर्ण भूमिका खेलको बताएका छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री थापाले गृह मन्त्रालयले विपदको उचित व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलको बताए।

उनले बाढी, पहिरोबाट प्रभावित प्रदेश १ र २ का विभिन्न जिल्लाहरुमा राहत वितरण गर्न १३ वडा निर्णय गर्दै आपतकालिन उद्धारत तथा राहतका लागि हेलिकप्टरद्वारा उद्धार तथा राहत वितरण गरिकाएको समितिलाई जानकारी दिए।

उनले विश्व खाध्य कार्यक्रमले तराइका पाँच जिल्लाहरुमा खाध्यान्न वितरण गरेको र विभिन्न ठाउमा हेलिकप्टरबाट खाध्यान्न ढुवानी गरिएको जानकारी दिए।

मन्त्रिपरिदको बैठकको निर्णय अनुसार घाइतेको उचित उपचार गर्न गृहमन्त्रालयले व्यवसथा गरेको गृहमन्त्री थापाको भनाई छ।

बैठकमा नेकपाका सांसद भीम रावले डुवानको समस्या समाधान गर्न सरकाले पहाल नगरको आरोप लगाए। उनले उद्धार तथा राहतमा सरकारी प्रयास राम्रो भएपनि समाधनको पहल प्राप्त नभएका जिकिर गरे।
रावलले सीमावर्ती जिल्लाहरुमा भारतीय पक्षबाट बनाइएका बाधहरुका कारण डुवानमा पर्ने गरेको बताए।

उनले असार, साउन अहिले मात्रै होइन सधै आउने भएकाले स्थायी सरकारले समस्या समाधानको स्थायी उपाय अपनउनुपर्ने बताए।

 

प्रकाशित मिति: : 2019-08-30 12:11:12

प्रतिकृया दिनुहोस्