रुसले अमेरिकाको दुई सांसदलाई भिषा दिएन

क्रिस मर्फी। एजेन्सी

क्रेमलिनको कट्टर आलोचक दुई अमेरिकी सांसदलाई रुसले भिषा दिन अस्विकार गरेको छ। यो घटनापछि वासिङ्टन र क्रेमलिनबीचको सम्बन्ध फेरि एकपल्ट चिसो हुने सम्भावना बढेर गएको छ।

अमेरिकी सांसद रोन जोन्सन र क्रिस्टोफर एस मर्फी आफ्नो एक साथी माइक लीसँगै आगामी साता रुस जाने तयारीमा थिए। दुबै संसदीय समितिमा विदेश मामिला हेर्छन्। उनीहरू रुसी अधिकारीसँग भेट्नका लागि रुस जाने तयारीमा थिए।

जोन्सनले भने, ‘मलाई रुसी सांसदसँग सिधा कुरा गर्नुपर्ने थियो। जसका कारण दुबै देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्धत पुग्ने थियो। दुर्भाग्य रुसका अधिकारीहरू कुटनीति खेल खेलिरहेका छन्।’

याे पनि पढ्नुहाेस।

मानवीय संवेदना भएको रोबोट अन्तरिक्षमा, जसको इन्स्टा र ट्वीटर अकाउन्ट पनि छ

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण रद्द

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

मर्फीले आफूहरूलाई भिषा उपलब्ध नगराएर रुसले अलग्यै बस्ने नियत देखाएको बताए। उनले हतियार नियन्त्रण सम्झौता समाप्त गर्ने र ब्लादिमिर पुटिन शाषनको विरोध हुनु दुबै देशको बिग्रिदै गएको सम्बन्ध खतरनाक अवस्थामा पुग्ने दावी गरे। रुसले यसमा विषयमा कुराकानी गर्न अनिक्षा देखाउनु लाजमर्दो भएको उनको भनाई थियो।

रुसी दुतावासले पनि एउटा विज्ञप्ती सार्वजनिक गर्दै जोन्सनले आफ्नो प्रस्तावित भ्रमणको विषयमा जानकारी नगराएको स्पष्ट पारेको छ। तर, रुसी विदेश मन्त्रालयले जोन्सनको नाम कालोसूचीमा भएका कारण भिषा उपलब्ध नगराएको बताएको छ। सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई छुट्टयाउने रुसी निर्णयको दुबै सांसदले चर्को बिरोध गरेका थिए। उनीहरूले रुसलाई प्रतिबन्ध लगाउन समेत माग गरेका थिए।

याे पनि पढ्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

प्रकाशित मिति: : 2019-08-29 10:09:14

प्रतिकृया दिनुहोस्