वडाध्यक्ष नै इपिएसबाट कोरिया गएपछि

सांसद राजेन्द्र गौतम

संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बलहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएका छन्।

जिल्लाका सांसद राजेन्द्र गौतमले मंगलबार बसेको संसद बैठकमा यसबारे प्रश्न उठाएका थिए।

उनले बैठकमा बोल्दै भने, ‘जनताको सेवा गर्छु भनी भोट लिएर चुनाव जितेका जनप्रतिनिधिनै देशै छाडेर हिँडे भने कानुनले के भन्छ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन?’, उनले प्रश्न गरे।

वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर घले ईपीएस कोटाबाट कोरिया गएका हुन्।

संखुवासभाबाट निर्वाचित सांसद गौतमले आगामी मंसिर १४ गते हुने उपचुनावमा सो वडामा वडाध्यक्षको चुनाव हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए।

‘जनताको सेवा गर्छु भनी जनताको निर्वाचित भएका जनप्रतिनिधिले देशै छाडेर आफ्नो जिम्मेवारीबाट भाग्दा कानुनले के भन्छ ? कानुन अनुसार मृत्यु भएमा वा अन्य कारणले रिक्त रहेमा उपचुनाव हुने भनिएको छ । अब त्यो पद खाली हुन्छ कि हुन्न ? सरकार र निर्वाचन आयोगले प्रष्ट पारोस्’, उनले प्रश्न गरे।

प्रकाशित मिति: : 2019-08-27 19:12:39

प्रतिकृया दिनुहोस्