मन्त्रालयगत जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीकाे निर्देशन (भिडियोसहित)

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आवश्यक निर्देशन दिईएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य राम्रो रहेको र आवश्यक अन्य जाँच भइरहेको बताएका थिए। साथै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएको प्रवक्ता बास्काटोले बताए।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामका बारेमा पनि चासो देखाएको बाँस्कोटाले जानकारी दिए।

भिडियो कन्फेरेन्समा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। 

यसअघि मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो।

प्रकाशित मिति: : 2019-08-26 16:47:49

प्रतिकृया दिनुहोस्