बन फडानी गर्ने षडयन्त्र सफल हुन दिन्नौ: मुख्यमन्त्री राउत

तस्बिरः बिएल

मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन्। 

उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागरनाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताए।

उनले बन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरूभूमिमा परिणत हुने खतरा रहेकोले आफूहरु बन र चुरे जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताए।

वन प्रशासन र प्रहरीको मिलेमतोमा संगठित रुपमै बन फडानी गर्ने कार्य भइरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको उल्लेख गरे। उनले आजकै मितिदेखि बन जोगाउने कार्यमा सक्रिय हुन बन प्रशासनलाई निर्देशन समेत दिए।

प्रदेश सरकारले सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा आज २० हेक्टरमा ३० हजार वृक्षारोपण गरेको छ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश राय, राज्यमन्त्रीहरु डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव दिपक सुवेदीसहितको सहभागिता थियो।

प्रकाशित मिति: : 2019-08-23 19:01:51

प्रतिकृया दिनुहोस्