विरगन्जमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति

तस्बिरः बिएल

प्रदेश नं. २ को मन्त्री परिषदको बैठक आज सागर नाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ। 

बन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषको बैठक सागर नाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए।

मन्त्रिपरिषदको उक्त बैठकले प्रदेशको आठ वटै जिल्लामा १ सय ९५ हेक्टरमा वृक्षारोपण गर्ने , सागरनाथ लगायतका प्रदेश भित्रका वनहरुको संरक्षण सम्बद्र्धन गर्ने , निगमको नाउ संघीय सरकारले वन फडानी गर्न गरि रहेको प्रपन्च विरुद्ध कडारुपमा प्रस्तुत हुने , चुरे संरक्षणका लागि अहिले भइरहेको अनियन्त्रित उत्खननमा तत्काल रोक लगाउने, गैरकानूनी बसोवासलाई नियन्त्रण गर्ने जस्ता निर्णय हरु गरेको प्रवक्ता यादवले बताए।

त्यसै गरि मन्त्रिपरिषदको बैठकले प्रदेशका निजामति कर्मचारीलाई प्रोत्साहित गर्न आन्तरिक पर्यटन निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको छ।

मन्त्रिपरिषदको वैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति दिनुका साथै संघीय सरकारले प्रदेश नं. २ मा अनियन्त्रित रूपले बाँढिरहेको पेट्रोल पम्प र ग्यास डिपोको लाइसेन्स बाढिरहेको हुँदा निर्देशिका तयार नहुञ्जेल लाइसेन्स वितरणको र् रोक्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।

सागरनाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषदको वैठक सागरनाथ वनको कार्यालयमा गरेको छ ।

प्रकाशित मिति: : 2019-08-23 18:42:47

प्रतिकृया दिनुहोस्