गौरापर्वले राष्ट्रिय एकतामा सुदृढ पुर्‍याएको छः  राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएकी छन्।

गौरापर्वको शुभकामना सन्देश दिँदै उनले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएकी हुन्।

उनले सन्देशमा भनेकी छन्,‘विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु।’

प्रकाशित मिति: : 2019-08-23 08:05:36

प्रतिकृया दिनुहोस्