उत्तर प्रदेशमा २ वर्षपछि मन्त्री मण्डल विस्तार, मन्त्रीको संख्या ५६

Agency

भारतको सबैभन्दा ठूलो उत्तर प्रदेशमा २ वर्षपछि मन्त्री मण्डल विस्तार भएको छ। बुधबार मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो मन्त्री मण्डलमा २३ मन्त्रीलाई पद तथा गोपनियताको सपथ दिलाए।

बुधबार सपथ लिएका २३ मन्त्रीमा १८ नयाँ अनुहारलाई समावेश गरिएको छ। ५ मन्त्रीले प्रमोशन पाएका छन्।

राज्यपाल आनन्दीबेन पटेलले सबै मन्त्रीलाई सपथ दिलाएकी थिइन्। मुख्यमन्त्री योगीले मन्त्री मण्डल विस्तार गर्ने बेला जातीय तथा क्षेत्रीय सन्तुलनलाई विशेष ध्यान दिएका छन्।

बुधबारको विस्तारपछि उत्तर प्रदेशमा मन्त्री मण्डलको आकार ५६ पुगेको छ।

योगीले १९ मार्च २०१७ मा पहिलो पल्ट सपथ लिएका थिए। त्यति बेला ४७ सदस्यीय मन्त्री मण्डल बनेको थियो। बीचमा ७ जनाले राजीनामा गरेका थिए। 

याे पनि हेर्नुहाेस।

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-21 13:51:44

प्रतिकृया दिनुहोस्