आफू खड्गप्रसादबाट 'के पी' हुने तर अरूले चाँहि 'माउन्ट एभरेष्ट' र 'राइनो' भन्न नहुने ?

आफू के पी ओली अरूलाई चाहिँ सगरमाथा र गैडा भन्न अर्ति : यो त कसरी मिल्ला र ? तस्बिर : फाइल

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली माउन्ट एभरेष्ट र राइनोको कुरा उठाएर आफै प्रश्नको घेराबन्दीमा परेका छन् ।

उनले काठमाडौैमा आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) एशिया प्रशान्त क्षेत्रका महानिर्देशकहरूको सम्मेलनमा जोड दिएर सगरमाथालाई 'माउन्ट एभरेस्ट' र गैँडालाई 'राइनो' को साटो नेपाली नाम नै प्रयोग गर्न आग्रह गरेका थिए।

'नेपाल सगरमाथाको देश भनेर चिनिन्छ त्यसको अर्थ माउन्ट एभरेस्टको देश। म तपाईंहरूलाई भन्न चाहन्छु - माउन्ट एभरेस्टको वास्तविक नाम सगरमाथा हो र हामी माउन्ट एभरेस्टको भन्दा सगरमाथाबारे कुरा गर्न मन पराउँछौँ।'
- खड्गप्रसाद शर्मा ओली, प्रधानमन्त्री

तर, उनी त्यहाँ सम्बोधनका लागि बोलाइदा भने नेपालका प्रधानमन्त्री के पी शर्मा ओली भनेर बोलाइएका थिए । र, उनको अफसियल नाम पनि के पी शर्मा ओली नै रहेको छ । तर, उनको वास्तविक नाम खड्गप्रसाद शर्मा ओली हो । 

तर, अहिले उनी खड्गप्रसाद शर्मा ओली हैन के पी शर्मा ओली भैसकेका छन् । कसैले खड्गप्रासद शर्मा ओली भनिदियो भने उनी ओचाउँदैनन् । उनका किचन क्याविनेटका मानिस त सम्माननीय अपमान भएकै ठान्छन् ।

'हामीसँग त्यस्तै गैँडा भन्ने शब्द पनि छ। तपाईंहरूलाई थाहा छ गैँडा भनेको के हो? तपाईंहरूले गैँडालाई राइनो भनेर चिन्नुहुन्छ, राइनोहरू राइनो होइनन्, गैँडा हुन् ।'
- खड्गप्रसाद शर्मा ओली, प्रधानमन्त्री

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले माउन्ट एभरेस्टलाई सगरमाथा र राइनोलाई गैँडालाई भन्न गरेकफ आग्रह धेरैलाई सही र राष्ट्रवादी नै लागे पनि केहीले भने सामाजिक सञ्जालमा विभिन्न कोणबाट प्रश्न उठाएका छन् । टिप्पणी गरेका छन् । केहीले प्रशंसा गरे पनि धेरैले उनको खिल्ली उडाएका छन् । 

खिल्ली उडाउने तर्कको केन्द्रमा चाँहि उनकै नाम रहेको छ । दासगरी सामाजिक सञ्जालमा विभिन्न खाले प्रश्न उठेका छन् । कजनाले प्रश्न गरेका छन्- आफूचाँहि खड्गप्रसाद शर्मा ओलीबाट के पी शर्मा ओली हुुनुपर्ने,  अरूले सगरमाथालाई माउन्ट एभरेष्ट र गैडालाई राइनो भने भनेर चित्त बुझाउने ? अर्को एजनाले भनेका छन्- एना हेर खड्गप्रसाद शर्मा ओली । नेपाली भएरै आफू खड्गप्रसादबाट केपी हुने, विदेशीले सगरमाथालाई माउन्ट एभरेष्ट भनेर कोकोहोलो गर्ने ? 

नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक  वेभसाइट हेर्दा त्यहाँ पनि खड्गप्रसाद शर्मा ओली  केपी शर्मा ओली भैसकेका रहेछन् । आफ्नो नामै अंग्रेजीकरण गर्ने मान्छेले अर्काले सगरमाथालाई माउन्ट एभरेष्ट र गैडालाई राइनो भने भनेर रोइलो गर्नुको के अर्थ होला र ? 

एक टिप्पणीकारले भने-  यो दोहोरो चरित्रको पराकाष्टा हो । प्रधानमन्त्रीको यही चरित्रमाथि प्रहार हुदा उनी मिडियाले आफ्नो खेदो खनेको भनेर धारेहात लगाउँछन् । यो उनले नै मिडियालाई दिएको प्लेइङ ग्राउण्ड हो ।

प्रकाशित मिति: : 2019-08-21 08:19:17

प्रतिकृया दिनुहोस्