पार्टी एकताको प्रक्रियाबारे छलफल गर्न नेकपा बैठक बस्दै

बिएल
पार्टी एकताका बाँकी प्रक्रियाबारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबार दिउँसो बस्दै छ।
 
बैठक मंगलबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ।
 
बैठकमा पार्टीको पोलिटब्युरो कमिटि, विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ।
 
नेकपाले विभागसहित जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सहइन्चार्जसहितका विषय भने टुंग्याएपनि केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिन बाँकी छ।
याे पनि
 
प्रकाशित मिति: : 2019-08-20 10:38:40

प्रतिकृया दिनुहोस्