पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै प्रभु साहले दिए प्रदेश अध्यक्ष पदबाट राजिनामा

बिएल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजिनामा दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजिनामा दिएका हुन्।
 
पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै साहले अध्यक्ष पदबाट राजिनामा दिएका हुन्। प्रदेश अध्यक्षको रुपमा आफुले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग तथा चौतर्फी घेराबन्दीका कारण साहले अध्यक्ष पदबाट राजिनामा दिएको बुझिएको छ।
 
स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए। तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए। प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भुमिका विहीन बनाइएको थियो। प्रदेश सदस्यहरुको चयन गरिदाँ अध्यक्ष साहसँग सल्लाहसमेत नगरी पार्टी सदस्य नभएकालाई प्रदेश सदस्यहरूको आफुखुशी नाम सार्वजनिक गरिएको थियाे।
 
प्रदेश अध्यक्षको रुपमा उनले जिल्ला कमिटी गठन, विभिन्न कार्यक्रम तथा प्रशिक्षणलगायतका काममा पार्टीका नेताहरुले असहयोग गरेपछि उनले राजिनामा दिएका हुन्। सर्वसम्मत ढङ्गबाट जिल्ला कमिटी गठन गर्दासमेत शपथ ग्रहण अगाडि बढ्न सकेको छैन्। स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएका थिए।
 
 
प्रकाशित मिति: : 2019-08-20 10:00:16

प्रतिकृया दिनुहोस्