फेसबुकमा स्पोन्सर : यो त 'मनी लन्ड्रिङ' भयो माननीय योगेश भट्टराईज्यू !

सरकार भन्छ- फेसबुकले पैसा लग्यो, कानूनी दायरामा ल्याऔं तर मन्त्री नै गर्छन् स्पोन्सर .. हाम्रो नेपालमा ।

सरकारका एक चर्चित मन्त्रीले योगेश कुमार भट्टराईले फेसबुकमा स्पोन्सर गरेर 'मनि लन्ड्रिङ' गरेका छन् । नेपालबाट फेसबुकले करोडौ रूपैया अनाधिकृत रूपमा लगेकाले यसलाई दर्ता गरेर करको दायरा ल्याउनुपर्छ भनिरहेको सरकारका लागि आफ्नै मन्त्रीले दिएको यो एक गतिलो झापड हो । 

उनले स्पोन्सर गरेको स्टाटस हो- 
सबैले असल र राम्रा संकल्पहरू पूरा गर्ने अठोट गरौं । 
रचनात्मक तथा आलोचनात्मक चेतनाको विकारस गरौं ।


योगेश भट्टराईको भेरिफाइड फेसबुक एकाउन्टबाट स्पोन्सर भएको यो सन्देशको फेसबुकलाई डलरमा शुल्क तिर्नुपर्छ । नेपालमै बस्दा कुनै पनि नेपालीले विदेशी मुद्रा चलायो भने त्यसलाई अपचलन भनिन्छ र गैरकानुनी मानिन्छ । चाहे त्यो एक पेनी होस् या करोडौं डलर - कानूनको नजरमा समान हुन्छ । 

जब कानुन नै यस्तो छ भने त्यसका बारेमा सरकारका मन्त्री जानकार छैनन् भन्न पाइदैन ।

यो एक किसिमको मनि लन्ड्रिङ नै हो , नेपाल राष्ट्र वैकका एक अधिकृतले भने । यसको आधारमा कारबाही गर्न सकिन्छ कि ? भन्ने ब्रेक एन लिंक्सको प्रश्नमा उनले भने- 'मन्त्रीज्यूले भनिदिनु होला, यो मेरो विदेशमा बस्ने आफन्त वा साथीले  गरिदिएको हो । त्यसपछि के गर्ने ? त्यसपछि यो नैतिकताको प्रश्न बन्छ । 

नेपालमा नैतिकताको प्रश्नको के भाउ होला र ? 

 

प्रकाशित मिति: : 2019-08-20 08:03:12

प्रतिकृया दिनुहोस्