विधार्थीको आन्दोलनमा क्याम्पस प्रमुख थुनिए

बिएल

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन्।

सोमबार क्याम्पस परिषरमा विभिन्न मागसहित आन्दोलनमा उत्रिएका राष्ट्रिय विद्यार्थी संघ इकाई समितिले क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई केही समय कार्यकक्षमा थुनेका छन् । संघको स्वेत पत्र सार्वजनिक, विद्यार्थीहरुलाई १० प्रतिशत छात्रवृत्ति, इन्ट्रान्स फर्मको शुल्क फिर्ता, ई लाइब्रेरीको व्यवस्थापन, संकायमा हुने गरेका आर्थिक अपारदर्शीता लगायतका मुद्धा उठाउँदै विद्यार्थी आन्दोलित बनेका हुन् ।

संघको यस आन्दोलनमा हाल समाजवादी फोरम नेपाल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थी संघहरुले समर्थन गरेका छन् । आन्दोलित विद्यार्थी संघले भदौ ३० गते समेत आर्थिक तथा प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए । विद्यार्थीहरु आफूहरुले अघि सारेको मागमा सुनुवाई नभए थप चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउँछन् ।

याे पनि हेर्नुहाेस।

नेकपा एकताका सम्भावित काला बादलहरु

भारतीय सेनाबाट भागेर आएपछि ईखले चम्किएका दुर्गेश

लोग्ने विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-19 19:17:59

प्रतिकृया दिनुहोस्