तीनपल्ट बिहारका मुख्यमन्त्री भएका मिश्राको निधन

Agency

तीनपल्ट भारत बिहार राज्यको मुख्यमन्त्री रहेका जगन्नाथ मिश्राको ८२ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ। लामो समयदेखि बिरामी रहेका मिश्राको सोमबार राजधानी नयाँ दिल्लीमा निधन भएको भारतीय अखबारहरूले जनाएका छन्।

मिश्रा पहिले भारतीय कांग्रेस पार्टीमा आवद्ध थिए। पछि उनी राष्ट्रिय कांग्रेस पार्टी हुँदै जनता दल (युनाइटेड) मा आवद्ध भए। ७० र ८० को दशकमा बिहारमा उनको ख्याती उत्कर्षमा थियो। उनले शिक्षाको क्षेत्रमा ठूलो काम गरेका थिए।

उनी सन् १९७५ मा पहिलोपल्ट बिहारको मुख्यमन्त्री बनेका थिए। यसपछि १९८० र १९८९ मा पनि मुख्यमन्त्री बने।

याे पनि पढ्नुहाेस।

अस्ट्रेलियामा जन्मेको पहिलो नेपालीले मनाए ४५औं जन्मदिन !

अब बच्चा नजन्मिदै कि त कांग्रेस हुन्छन् कि नेकपा !

पोल्याण्डले पोलेको 'रत्नेदाइ'को सपना

पछिल्लो समय उनी बिहारका अर्का पूर्व मुख्यमन्त्री लालु यादवसँगै चारा घोटालामा फसेका थिए। उनलाई ४ वर्ष जेल र २० लाख रुपैयाँको सजाय तोकिएको थियो।

बिहारका मुख्यमन्त्री नितिश कुमारले उनको निधनमा दुःख व्यक्त गरे र तीन दिन बिहारमा शोक मनाउने घोषणा गरेका छन्।

‘जगन्नाथ मिश्रा चर्चित नेता र शिक्षाबिद् थिए। बिहार र भारतीय राजनीतिमा उनको अमुल्य योगदान छ। उनको निधनले राजनीतिक, समाजिक र शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ नितिशले जारी गरेको विज्ञप्तीमा भनिएको छ। उनको राजकीय सम्मानका साथ अन्त्येष्टी हुने बताइएको छ।

याे पनि

लोग्ने विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)


प्रकाशित मिति: : 2019-08-19 16:04:40

प्रतिकृया दिनुहोस्