नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (सूचीसहित)

तस्बिरः बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकको निर्णयअनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र अध्यक्ष जगत सिंखडा, सचिवमा नरनाथ लुइँटेललाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसैगरी, पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा  पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम तय हुन बाँकी, सचिव चन्द्र रिजाल, केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी सचिव नरेन्द्र श्रेष्ठलाई तोकिएको छ।

बैठकले सात वटै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ।

जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा वामदेव गौतम, सुनील मानन्धर, र अध्यक्ष परिवर्तन गरी हरि पराजुलीलाई जिम्मेवारी दिने निर्णय भएको छ। हालसम्म महासङ्घको अध्यक्ष नेता गौतम थिए। गौतमले यसअघिको सचिवालय बैठकले पार्टीको उपाध्यक्षको जिम्मेवारी दिने गरी सो प्रस्ताव स्थायी कमिटीमा लाने निर्णय गरेको थियो।

यस्तै अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टङ्क कार्की, पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ।

जनसङ्गठनका संयोजक र सहसंयोजक यसअघि तोकी सकिएको छ। इन्चार्ज तोकिएसँगै अब ती सङ्गठनको केन्द्रीय कमिटीले पूर्णता पाउनेछ।

एकता प्रक्रियाका महत्वपूर्ण चरणहरु यसअघि पार भइसकेका छन्। अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रभाव कमिटीको गठन, केन्द्रीय निकायको गठन, पोलिटब्यूरो आदि कार्यसूचीमा आगामी बैठकमा छलफल हुने बुझिएको छ।

वरिष्ठतामा खनाल पहिलो

बैठकले अध्यक्षद्वयको वरिष्ठतापछि वरिष्ठ नेताको पहिलो वरियतामा नेता झलनाथ खनाल र त्यसपछि माधवकुमार नेपालको वरियता रहने गरी निर्णय गरिएको छ।

पार्टी एकताका समयमा नेता नेपाललाई मात्र वरिष्ठ नेता मानिएकामा नेता खनाल असन्तुष्ट हुँदै आएका थिए।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ मा एकता भएको थियो। तत्कालीन एमालेमा नेता खनाल निवर्तमान अध्यक्षका हैसियतले वरिष्ठ नेता थिए।

 निकायहरूको कार्यविभाजन सूचीसहित

जनवर्गीय संगठनहरू

नेपाल मुस्लिम संगठन

इन्चार्ज : हकिकुल्लाह खाँ

जनसांस्कृतिक महासंघ

इन्चार्ज : खगेन्द्र राई

प्रेस संगठन नेपाल

इन्चार्ज : राजेन्द्र गौतम

सहइन्चार्जः ओम शर्मा

नेपाल उद्योग व्यवसायी महासंघ

इन्चार्जः केदार न्यौपाने

सहइन्चार्जः जोखबहादुर महरा

अपागंता संगठन नेपाल

इन्चार्ज : दीपेन्द्र पुन

सहइन्चार्ज: जया घिमिरे

मानवअधिकार तथा सामाजिक अभियान नेपाल

 इन्चार्ज : थममाया थापा

सहइन्चार्ज : सत्या पहाडी

खेलकुद महासंघ

इन्चार्ज  :गणेशमान पुन

 सहइन्चार्ज : हिक्मत कार्की

नेपाल भूमिहीन सुकुम्बासी संगठन

इन्चार्ज: रामप्रीत पासवान

सहइन्चार्ज: शान्तकुमार चौधरी

नेपाल दलित मुक्ति संगठन नेपाल

 इन्चार्ज: जगत विश्वकर्मा

अखिल नेपाल किसान महासंघ

इन्चार्ज : वामदेव गौतम

सहइन्चार्जः सुनिल मानन्धर नेपाल

नेपाल बुद्धिजीवी संगठन

इन्चार्ज : अग्नीप्रसाद सापकोटा

सहइन्चार्जः टंक कार्की

पेशागत महासंघ नेपाल

इन्चार्जः पम्फा भुषाल

सहइन्चार्ज :विश्वनाथ प्याकुरेल

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन

इन्चार्ज : सन्तु दराई

सहइन्चार्ज : हरि राई

अनेरास्ववियु

इन्चार्ज : हितमान शाक्य

सहइन्चार्ज : विनोद ढकाल

नेपाल कानुन व्यवसायी संगठन

इन्चार्ज : देव गुरुङ

युवा संघ नेपाल

इन्चार्ज :महेश बस्नेत

सहइन्चार्जः दीपशिखा

ट्रेड युनियन महासंघ नेपाल

इन्चार्ज : जयपुरी घर्ति

सहइन्चार्ज: विनोद श्रेष्ठ

आदिवासी जनजाति महासंघ

 इन्चार्ज: गोकुल घर्ति

नेपाल उद्योग व्यवस्थापन महासंघ र सम्बद्ध

इन्चार्ज: मुकुन्द न्यौपाने

अखिल नेपाल महिला संघ

 इन्चार्ज: गोमा देवकोटा

सहइन्चार्ज : कमला रोका

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल

इन्चार्ज: मनोज थापा

सहइन्चार्ज : तुलबहादुर गुरुङ

प्राध्यापक सम्बद्ध संगठन

 इन्चार्ज: डाक्टर युवराज खतिवडा

सहइन्चार्ज: नारायण शर्मा

स्वास्थ्य सम्बद्ध संगठन

 इन्चार्ज: सुजिता शाक्य

सहइन्चार्ज: नारायण शर्मा

विपद व्यवस्थापन सम्बद्ध संगठन

 इन्चार्ज: गंगालाल तुलाधर

सहइन्चार्ज: सूर्य सुवेदी

यस्तै नेकपाको आइतबार बसेको सचिवालयले बैठकले टुंगो लगाएका विशेष कमिटीका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिवहरूको नामावली 

उपत्यका विशेष कमिटी

इन्चार्ज: लिलामणि पोखरेल

सहइन्चार्ज: भानुभक्त ढकाल

अध्यक्षः राजन भट्टराई

सचिवः लेखनाथ न्यौपाने

युवा विद्यार्थी विशेष जिल्ला कमिटी

इन्चार्ज: माधव ढुंगेल

सहइन्चार्ज: कृष्ण केसी

अध्यक्षः रमेश मल्ल

सचिवः सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटी

इन्चार्ज: विना श्रेष्ठ

सहइन्चार्ज : कुमार पौडेल

अध्यक्षः जगत सिंखडा

सचिवः नरनाथ लुईटेल

उद्योगी व्यवसायी विशेष कमिटी

इन्चार्ज: पार्वत गुरुङ

सहइन्चार्ज : शशी श्रेष्ठ

सचिवः चन्द्र बराल

 

प्रकाशित मिति: : 2019-08-18 23:50:06

प्रतिकृया दिनुहोस्