संसार बोलिसक्यो, किन मौन छन् रविका ससुरा राप्रपा कोषाध्यक्ष उद्धव पौडेल ?

राप्रपाका केन्द्रीय कोषाध्यक्ष हुन् रविका ससुरा उद्धव पौडेल : तैपनि मौन छन् किन ? तस्बिर : सामाजिक सञ्जालको सहयोगमा ब्रेक एन लिंक्स ग्राफिक्स ।

रवि लामिछाने प्रकणमा संसार बोलिसक्यो । कुनै साइना नभएका बोलिसके, कुनै गोत्र नभएका बोलिसके । घरदेशका मात्र हैन, परदेशका पनि बोलिसके । बोलेको मात्र हैन, हजारौको संख्यामा चितवन झरिसके । 

सामाजिक सञ्जाल त्यसमा पनि फेसबुकको त कुरै नगरौ, कुरूक्षेत्र नै भैसक्यो, महाभारत जारी छ हस्तिनापुरका लागि । फेसबुकमा यति धेरै ध्रुवीकरण छ कि पक्ष र विपक्षमा तर्क गर्नेले घरभित्र झगडा चर्काइसके, बोलचाल बन्ल भैसक्यो  । फेसबुकमा ब्लक गर्ने र  अनफ्रेन्ड गर्ने त सामान्य कुरा भैसक्यो ।

तर, एउटा अचम्मलाग्दो कुरातिर भने कमैको ध्यान गएको छ । त्यो के भने यति धेरैले मुख खोलेर पाखुरा सुर्किदा पनि रविका ससुरा उद्धव पौडेल भने किन बोलिरहेका छैनन् ? धेरैलाई थाहा नहुन पनि सक्छ  रविका ससुरा पौडेल कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष नै हुन् । नेपाली चलचित्रका एक हस्ती पौडेल आफ्नी एकलौटी छोरी निकितालाई यत्रो संकट परेर ज्वाइँ रवि संगीन आरोपमा प्रहरी हिरासतमै पुग्दा पनि पटक्कै बोलिरहेका छैनन् । 

यो मौनता किन ? कानुनले आफ्नो बाटो लिओस् भनेर ? कि ज्वाइँ निर्दोष भएको विश्वास नभएर ? कि ओम अस्पतालदेखि, गोपिकृष्ण हलसम्म, चलचित्र विकास कम्पनीदेखि टीभी फिल्मीसम्म चलाउनु छ-सरकारसँग किन पौठेजोरी खेल्नु भनेर ? कि अरू नै केही कारण छ ? 

पौडेल पूर्वराजा ज्ञानेन्द्रका अत्यन्त विवासपात्र समेत हुन् । कि यतिबेला बोल्दा यो विषय राजावादीसँग जोडिएर छोरीज्वाईलाई नै अप्ठ्यारो पर्छ भनेर उनी मौन भएका हुन् ।

तर, उनी लामो समयसम्म नबोले पनि केही घण्टा पहिदे उनले आो्नो फेसबुक पेजबाट रविलाई सहयोग पुग्ने खालका दुईवटा भिडियो भने सार्वजनिक गरेका छन् । एउटा रमेश प्रसाइको अर्को कुनै युट्युव च्यानलको आत्महत्या गरिएका भनिएका शालिकरामले रविको प्रशंसा गरेको अन्तर्वार्ताको । ढिलै भए पनि उनले समर्थनको संकेत गरे पनि आफै भने बोलेका छैनन् ।

उनलाई सुरूदेखि नै चिन्ने नेपाली चलचित्रकर्मीहरू उनको मौनतालाई रहस्यमय ठान्छन् । उनको इतिहास हेर्ने हो भने उनी चुप लागेर बस्ने खालका व्यक्ति हैनन् । 

कसैले छोरीको यो दोस्रो विवाहलाइ उनले सहज नलिएर पनि हुनसक्छ भनेका छन् । तर, त्यस्तो पनि हैन, उनी स्वयं विवाहमा मात्र हैन, नगरकोटको पार्टीमा पनि सहभागी भएको देखिन्छ । 

 

प्रकाशित मिति: : 2019-08-18 05:15:34

प्रतिकृया दिनुहोस्