राज्यको कुनै सुविधा लिएको छैन : उपराष्ट्रपति झा

पूर्वउपराष्ट्रपति परमानन्द झाले अहिले आफुले राज्यबाट कुनै सुविधा नलिएको दावी गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झाले बिभिन्न सञ्चारमाध्यममा आफुले राज्यबाट बिभिन्न सुविधा लिएको समाचार आएको भन्दै आफुले राज्यबाट कुनै सुविधा नलिएको दावी गरे। आफु उपराष्ट्रपति पदबाट हटेपछि राज्यको सवै सुविधा फिर्ता गरेको बताए।

आफु उपराष्ट्रपतिबाट हटेको झण्डै चार बर्ष पुग्न लागेको र सञ्चारमाध्यममा अझै सुविधा लिइराखेको समाचार आएकाले यसले जनमानसमा भ्रम पुग्न गएको बताए।
आफ्नो पक्षको कुनै सञ्चारमाध्यम नभएकाले सार्वजनिक कार्यक्रमबाट यस बिषयमा स्पष्ट पार्न खोजेको जिकिर गरे ।

 

प्रकाशित मिति: : 2019-08-16 16:25:55

प्रतिकृया दिनुहोस्