नेकपाले कार्यविभाजन टुंग्यायोः स्कुल विभागमा पोख्रेल, संगठनमा गौतम, विदेश विभागमा नेपाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।

बैठककले स्कूल विभाग प्रमुखमा ईश्वर पोख्रेललाई जिम्मेवारी दिएको छ भने संगठन विभाग प्रमुखमा ‍वामदेव गौतम तथा विदेश विभाग प्रमुखमा माधव नेपाललाई जिम्मेवारी दिएको छ।

त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन्। यस्तै अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई चयन भएका छन्।

शुक्रबार बसेको बैठकले ३३ ओटै विभागीय प्रमुखको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सातै प्रदेशमा दुई/दुईजना सहइन्चार्ज पनि थप गरेको छ ।

पार्टी एकीकरणको बाँकी विषयको जिम्मेवारी तोक्ने विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक शनिबार अपराह्न फेरि बस्ने जनाइएको छ ।

कुन नेतालाई कुन विभाग

१. विदेश

प्रमुख-माधवकुमार नेपाल

उपप्रमुख-

२. स्कुल

प्रमुख- ईश्वर पोखरेल

उपप्रमुख- देवेन्द्र पौडेल

३.संगठन

प्रमुख -वामदेव गौतम

उपप्रमुख-

४. नीति तथा प्रतिष्ठान

प्रमुख- झलनाथ खनाल

उपप्रमुख-

५. प्रचार

प्रमुख-नारायणकाजी श्रेष्ठ

उपप्रमुख- सूर्य थापा

६. अर्थ तथा योजना

प्रमुख- सुरेन्द्र पाण्डे

उपप्रमुख- डोरप्रसाद उपाध्याय

७.उद्योग तथा वाणिज्य

 प्रमुख- राधा ज्ञवाली

उपप्रमुख- वामदेव क्षेत्री

८. उपभोक्ता हित तथा आपुर्ति

प्रमुख-मातृका यादव

उपप्रमुख- बलराम बाँस्कोटा

९. कृषि तथा भूमिसुधार

प्रमुख- चक्रपाणि खनाल,

उपप्रमुख- हरि पराजुली

१०. कोष तथा आर्थिक व्यवस्थापन

प्रमुख- हरिबोल गजुरेल

उपप्रमुख- कृष्ण गोपाल श्रेष्ठ

११. खानेपानी तथा सरसफाइ

प्रमुख- बीना मगर

उपप्रमुख- ममता गिरी

१२. उर्जा तथा सिंचाइ

प्रमुख- बर्षमान पुन

उपप्रमुख- पर्शुराम मेघी गुरूङ

१३. निर्वाचन विभाग

प्रमुख- प्रदीप ज्ञवाली

उपप्रमुख- खिमलाल देवकोटा

१४. न्याय कानुन तथा मानवअधिकार

प्रमुख- रघुजी पन्त

उपप्रमुख- मुक्तिनारायण प्रधान

१५. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन

प्रमुख- योगेश भट्टराई

उपप्रमुख- पासाङ शेर्पा

१६. प्रादेशिक मामला

प्रमुख- घनश्याम भुषाल

उपप्रमुख- परशु तामाङ

१७. पुस्तकालय विभाग

प्रमुख- नारायणप्रसाद शर्मा

उपप्रमुख- ज्ञानबहादुर भुजेल

१८. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

प्रमुख- रघुवीर महासेठ

उपप्रमुख- हरि अधिकारी

१९. युवा तथा खेलकुद

प्रमुख- टोपबहादुर रायमाझी,

उपप्रमुख- ठाकुर गैरे

२०. राजकीय मामिला तथा सुशासन

प्रमुख- रामबहादुर थापा  बादल

उपप्रमुख- गुरु बराल

२१. राष्टिय सुरक्षा प्रर्वधन

प्रमुख- बेदुराम भुषाल

उपप्रमुख- सन्तु दराई

२२. वन तथा वातावरण

प्रमुख- शक्ति बस्नेत

उपप्रमुख- 

प्रकाशित मिति: : 2019-08-16 14:37:37

प्रतिकृया दिनुहोस्