मोरङको उर्लाबारीमा जनप्रतिनिधि विवाद अदालतमा

बिएल

मोरङको उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेको छ ।

मेयर खड्ग फागोले आफू निकटका कार्यपालिका सदस्यहरुलाई मात्र राखेर एकलौटी निर्णय गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहितका कार्यपालिका सदस्यहरु अदालत गएपछि विवाद झन् चर्किएको हो।

गत असार २८ साँझ ७ बजेपछि बसेको कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित मेयर फागोसहित ६ जना सदस्यले मात्रै निर्णय गरेर असार २९ मा नगरसभामा पेस गरिएको थियो।

कार्यपालिकामा कांग्रेसबाट मेयरसहित ६ जना र नेकपाबाट उपमेयरसहित १३ जना सदस्य छन्। कार्यपालिका बैठकमा गरिएको एकलौटी निर्णय स्वीकार्य नहुने र सर्वसम्मतिबाट निर्णय हुनुपर्ने भन्दै नगरसभामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका थिए।

याे पनि हेर्नुहाेस।

व्यापारी मार्न ५ लाख सुपाडी लिने भारतीय ‘सार्पसुटर’ थुनामा

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

विद्युत् प्राधिकरण नाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

मेयर फागोले आफूले कानुनसम्मत ढंगले नै कार्यपालिका बैठकबाट निर्णय गराएको बताउँदै निर्णयमा आपत्ति भए अदालत र अख्तियार जान चुनौती दिँदै आएका छन्।

उपमेयर भण्डारीले मेयर फागोले नै अदालत जान चुनौती दिएकाले बाध्य भएर अदालत जानु परेको बताइन्। अब उर्लाबारी नगरपालिकाको विवाद अदालतबाट नै छिनोफानो हुने उनको भनाइ छ।

यता उर्लाबारी नगरपालिकाले मंगलबार अदालतको निर्णय कार्यान्वयन गराउन भन्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले हस्ताक्षर गरेर नगरका सबै विभाग तथा वडा कार्यालयहरुमा पत्र पठाएका छन्। नगरका सबै वडामा पत्रचार भएपछि जन्म, मृत्यु, विवाह तथा बसाइँ सराई बाहेकका अन्य सबै कार्य रोकिएको छ। मेयर फागोले मंगगलबार नै पत्रकार सम्मेलन गरेर थप धारणा सार्वजनिक गर्ने बताइएको छ।

याे पनि हेर्नुहाेस।

के विवाहपछि प्रेम मर्छ ? (भिडियाे सहित)

प्रकाशित मिति: : 2019-08-14 00:01:48

प्रतिकृया दिनुहोस्