मुख्यमन्त्री गुरुङकाे आग्रह– क्षेत्रीय अस्पताल प्रदेशलाई देउ, उत्कृष्ट ढ‌गले सञ्चालन गर्छाै

तस्बिरः बिएल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन। 

जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन योजनाबद्ध ढंगले अगाडि बढेको बताए।

मातृशिशु मितेरी अस्पतालका आवास गृहको आइतबार पोखरामा शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले संभव भएसम्म आधारभुत स्वास्थ्य सेवालाई निशुल्क बनाइने समेत बताए।

‘गरिब जनताको स्वास्थ्य सेवालाई कसरी निशुल्क बनाउने, कसरी सरल बनाउने, केही न केही तिर्नुपरे पनि कसरी सस्तो बनाउन भन्ने विषयमा हामीले केही न केही सोच बनाइराखेकै छौ’, उनले भने।

प्रदेशका ग्रामिण जनताले स्वास्थ्य सेवा लिन पोखरा आउनुपर्ने र क्यान्सर तथा मुटुको रोगका लागि काठमाडौ जानुपर्ने बध्यता हटाउन पनि प्रदेशले तयारी गरिरहेको उनको दावी थियो।

क्यान्सर र मुटु रोगको विशिष्टकृत अस्पताल बनाउन प्रदेशले जग्गाको खोजी गरिरहेको र जग्गा प्राप्ति भएपछि विशिष्टकृत अस्पतालको थलानी गरिने उनले जानकारी गराए।

उल्लेखित कामहरु चुनौतीपुर्ण भएकाले समय लागे पनि जनतालाई स्वस्थ्य सेवा उपलब्ध गराउन कटिबद्ध भएर लाग्ने मुख्यमन्त्रीको भनाई छ।

पोखराको क्षेत्रीय अस्पताल व्यवास्थापनकै कमीले प्रभावकारी सेवा दिन नसकेको भन्दै संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरे त्यसमा विशिष्टकृत सेवा दिन प्रदेश सरकार तयार रहेको बताए।

कार्यक्रममा अस्पतालका सस्थापक अध्यक्ष कृष्णा थापाले निकट भविष्यमा अस्पताललाई ५० शैयाका बनाएर नर्सिङ कलेज बनाउने सोचमा आफुहरु रहेको बताए।

प्रदेश संसाद समेत रहेका उनले उनले प्रदेश सरकार र निर्वाचन क्षेत्र विकास कोषबाट योजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन विभिन्न क्षेत्रसंग छलफल भैरहेको जानकारी समेत गराए। उनले निकट भविष्यमा ६ वेडको एनआइसीयू कक्ष र २ वटा भिआइपी कक्ष बनाउने योजना समेत आफूहरुङ्काे रहेको बताए।

याे पनि पढ्नुहाेस।

विराट मेडिकल कलेजले पूर्वका विरामीलाई ५० प्रतिशत छुटमा शल्यक्रिया गर्ने

यसरी बनेको थियो- नेपालको पहिलो व्यवसायिक फिल्म माइतिघर

लाहुरे श्रीमतिको पीडा– जवानीमा लोग्नेसँग छुट्टिएर बस्नु पर्‍यो, अहिले छोराहरूसँग (भिडियोसहित)

 

प्रकाशित मिति: : 2019-08-11 17:45:10

प्रतिकृया दिनुहोस्