प्रदेश १ मा ३३ विधेयक प्रमाणिकरण

बिएल

प्रदेश १ ले प्रदेश सभा गठन भएदेखि हालसम्म ३३ विभिन्न विधेयक प्रमाणिकरण गरिसकेको छ।

आर्थिक वर्ष २०७४–०७५ को तुलनामा २०७५–०७६ मा ७ बढी विधेयक प्रमाणिकरण भएकोे छ। अघिल्लो आर्थिक वर्षमा १३ विधेयक प्रमाणिकरण गरेका प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङले २०७५–०७६ को असार मसान्त सम्ममा २० विधेयक सहित ३३ विधेयक प्रमाणिकरण गरिसकेका छन्।

तुम्बाहाङले प्रदेशको आर्थिक कार्यविधि २०७४ चैत्र २२ मा प्रमाणीकरण गरेका थिए। २०७४ माघ ७ मा पद्वहालीपछि तुम्बाहाङले प्रदेश सभाबाट पारित भई आएका विधेयकहरू प्रमाणिकरण गरेका थिए।

तुम्बाहाङले प्रमाणिकरण गरेको पछिल्लो विधेयक प्रदेश विनियोजन विधेयक–२०७६ हो। २०७५÷०७६ मा प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणिकरण गरेका विधेयकहरूमा प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा बनेको विधेयक–२०७५, जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, विपद् व्यवस्थापनका सम्बन्धमा गर्न बनेको विधेयक, प्रदेश १ सामाजिक विकास संस्था विधेयक र प्रशासकीय कार्यविधी नियमित गर्ने सम्बन्धमा बनेको विधेयक रहेको छ।

त्यस्तै विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जिल्ला सभा, जिल्ला सम्वन्य समितिका सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश विनियोजन विधेयक रहेका छन्।

याे पनि पढ्नुहाेला।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-08 22:29:07

प्रतिकृया दिनुहोस्