बिप्लव माओबादीका ३ केन्द्रीय नेता काठमाडौंबाट पक्राउ

तस्बिरः बिएल

प्रतिवन्धित विप्लव समूहका मकर गुरूङसहित ३ जना केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार केन्द्रीय सदस्यहरू मकर गुरूङ, डम्बर बहादुर बिक र उमा गुरूङलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।

तीनैजनालाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान थालिएको छ। तर,विप्लव समहले भने आफ्ना १३ जना नेता कार्यकर्ता पक्राउ परेको दाबी गरेको छ। 

त्यसैगरी आईतबार साझ प्रहरीले बनेपाबाट विप्लव समूहका रामेछाप जिल्ला इन्जार्च (जमिन) र अनिल रायमाझीलाई पक्राउ गरेको थियो।

घर परिवारसँग भेट्न आएका बेला जिल्ला इन्चार्ज जीवनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेको दुबै जनालाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समयमा विप्लव माओबादीका नेता कार्यकर्ता पक्राउ परेको सूचना गोप्य राख्न गृह मन्त्रालयले आफू मातहतका सुरक्षा निकाएलाई निर्देशन जारी गरेको छ।

गृहको उक्त निर्देशनपछि सुरक्षा निकाएले पनि विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेको र कारबाहीका बारेमा गोप्य राख्दै आएका छन्।

प्रकाशित मिति: : 2019-08-06 13:01:10

प्रतिकृया दिनुहोस्