८ जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय

बीएल

काठमाडौं । सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो ।

नागरिकता रद्द गरिएकामा राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

यसैगरी अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतोको पनि नागरिकता रद्द गरिएको  सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-08-04 17:54:08

प्रतिकृया दिनुहोस्