पारिवारिक भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

तस्बिरः बिएल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड युएईको पाँच दिने पारिवारिक भ्रमण सकेर शनिबार राति स्वदेश फर्किएका छन्।

गत साउन १४ गते मंगलबार परिवारका सदस्यसहित दुबई भ्रमणमा गएका प्रचण्ड शनिबार स्वदेश फर्किएका हुन्।

पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा  राखेका कारण उनको इच्छा अनुसार अध्यक्ष प्रचण्ड दुबई गएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डसहित छोरीहरू रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका थिए।

प्रकाशित मिति: : 2019-08-04 06:28:51

प्रतिकृया दिनुहोस्