केनेडी परिवारमा अर्को दुर्घटना, रोबर्ट केनेडीको नातिनी मृत फेला

Agency

अमेरिकी राजनीतिमा निकै प्रभाव राख्ने केनेडी परिवारको अर्को एक सदस्यको अस्वभाविक निधन भएको छ।

अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीका भाई रोबर्ट एफ केनेडीकी नातिनी साओर्स केनेडी हिल बिहीबार संदिग्ध अवस्थामा फेला परेकी थिइन। २२ वर्षीय हिलको औषधीको ओभरडोजका कारण मृत्यु भएको बताइएको छ।

याे पनि पढ्नुहाेस।

नेपाली विधार्थी अस्टूेलियाकाे विमानस्थलबाट पक्राउ

हिलको निधनले केनेडी परिवारको ७५ वर्ष वर्ष पुरानो घटनालाई स्मरण गराएको छ। पछिल्लो ७५ वर्षमा केनेडी परिवारको यो १३ औं अस्वभाविक निधन हो।
जेनेफ केनडीका पिता जोसफ केनडीको एउटा गोप्य मिसनमा दोस्रो विश्व युद्धताका प्लेनमा आगो लागेर निधन भएको थियो।

त्यसयता यो परिवारमा एकपछि अर्को दुर्घटना निम्तिदै आइरहेको छ। राष्ट्रपति भएकै बेला केनेडीको १९६३ मा हत्या भएको थियो। उनी अमेरिकाको अहिलेसम्मकै लोकप्रिय नेता मानिन्छन्।

 

प्रकाशित मिति: : 2019-08-03 11:33:40

प्रतिकृया दिनुहोस्