योगेश भट्टराईलाई रोल नम्बर ११ : भानुभक्तभन्दा 'ठीक' तल !

भानुभक्तभन्दा ठीक तल पर्नुको पीडा : योगेशलाई भन्दा अरू कसलाई थाहा होला र ? प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

ओली सरकारमा भर्खरै नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईलाई ११औं वरियता मिलेको छ । सांसद र मन्त्रीका हिसाबले उनी कनिष्ठ भए पनि सत्तारूढ पार्टीका स्थायी समिति सदस्य भएकाले उनलाई यो वरियता मिलेको हो ।

सरकारको वरियताक्रममा योगेशभन्दा माथि तेस्रो वरियताका उपप्रधानमन्त्री उपेन्द्र यादव बाहेक सबै उनकै पार्टी नेकपाका कम्रेडहरू छन् । उनीमाथि हुनेमा प्रधानमन्त्रीको त रोल नम्बर १ हुने नै भयो । २ र ४ नम्बरमा क्रमश: पार्टी सचिवालय सदस्य  ईश्वर पोखरेल र रामबहादुर थापा रहेका छन् । यसैगरी ५ देखि ९ सम्ममा स्थायी समिति सदस्यहरू क्रमश: प्रदीपकुमार ज्ञवाली (५), गिरिराजमणि पोखरेल (६),  वर्षमान पुन (७), रघुबिर महासेठ (८) र गोकर्ण विष्ट (९) रहेका छन् ।

यो पनि पढ्नुहोस् 

https://nepali.breaknlinks.com/16771

तर, १० नम्बरमा चाँहि पार्टीमा केन्द्रीय सदस्यमात्र रहेका भानुभक्त ढकाललाई रहेका छन् । उनलाई चाँहि एमालेमा सचिव रहेका र एकीकृत पार्टीमा पनि स्थायी समिति सदस्य रहेका योगेशभन्दा माथिल्लो वरियता कसरी मिल्यो ? त्यो भने संगति मिलेको देखिदैन । सुरूदेखि नै कट्टर ओली समर्थक रहदै आएका भानुभक्त र योगेशबीच जुंगाको लडाइ रहदै आएको एमाले राजनीतिलाई नजिकबाट बु्झ्नेहरू अहिले पनि सम्झन्छन् ।

त्यसो त एमालेदेखिको हिसाब गर्ने हो भने उनी एमालेमा सचिव थिए । त्यो हिसाबले एमालेको स्थायी समितिमा रहेका रघुबीर महासेठ उनीभन्दा माथि नहुनुपर्ने हो । तर, यसअघि नै अर्का पूर्व पार्टी सचिव गोकर्ण विष्टभन्दा माथि उनलाई वरियता मिलिसकेको छ । 

 

 

 

प्रकाशित मिति: : 2019-08-02 10:04:06

प्रतिकृया दिनुहोस्