सिन्धुपाल्चोकको मेलम्ची वडा कार्यालयमा आगजनी

तस्बिरः बिएल

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० को वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ।

मंगलबार राति आगजनी हुँदा वडा कार्यालय क्षतिग्रस्त भएको छ। वडा कार्यालयभित्र रहेका कागजातहरु जलेको स्थानीयले बताएका छन्।

प्रतिबन्धित नेकपा माओवादी विपुलव समूहले साउन १५ गने बन्दलाई लक्षित गरी विभिन्न ठाउँहरुमा बम विस्फोट तथा आगजनी गराएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-07-31 09:41:27

प्रतिकृया दिनुहोस्