विप्लव नेतृत्वको नेकपा काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्याय पक्राउ

काठमाडौं । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ।

विप्लव समूह निकट अखिल नेपाल महिला संघकी महासचिवसमेत रहेकी धीरेन्द्रालाई प्रहरीले मंगलबार काठमाडौंको बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

यसैबीच प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ। विप्लव माओवादीको भोलिको बन्दलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकासहित मुलुकभरको सुरक्षाव्यवस्था काडा पारेको हो।

प्रकाशित मिति: : 2019-07-30 19:09:50

प्रतिकृया दिनुहोस्