‘रअ’का प्रमुखले प्रधानमन्त्रीलाई नभेटेको सञ्चारमन्त्रीको दाबी

तस्बिरः बिएल

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको दाबी गरेका छन्।

मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री ओलीलाई नभेटेको बताएका हुन्।

‘रअ’ यदि आएकै हो र भेटेकै हो भने डिप्लोमेटिक प्रोटोकल अनुसारकै हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूले भेट्नुभएको छैन । अनावश्यक हल्ला चलाइयो।’

उनले रअको प्रमुखलाई भेट्नै नहुने चाहिँ नभएको भन्दै रअको मान्छेलाई भेट्नै नहुने त होइन नि! भनेका छन्।

उनले दुवै जनाको कता–कताको फोटो जोडेर भेटघाट भएको भन्दै मूलधारका सञ्चारमाध्यमले समेत भेटै नभएको कुरालाई तथ्य प्रमाणबिना समाचार प्रकाशित गरेको जिकिर गरे।

‘दुवै जनाको कता–कताको फोटो राखेर भेटघाट भयो भनेर ढाँटियो,’ उनले भने,‘मेनस्ट्रिम मिडिया हरू‘कुहिरीमण्डलको खेती’मा नरुमल्लिनुहोला।’

'रअ'का प्रमुखले अन्य नेतासँग गरेको भेटघाटका सम्बन्धमा पनि उनले अनभिज्ञता जनाए।

‘को–कस्ले भेटे ? को–कस्लाई त्यस्ता भेटघाट गर्ने बानी लाग्या छ थाहा छैन,’ उनले भने।

प्रकाशित मिति: : 2019-07-25 18:15:53

प्रतिकृया दिनुहोस्