इमरानको कश्मिर कार्ड, ट्रम्प मध्यस्थता गर्न तयार, भारत झस्कियो

AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खान समक्ष लामो समयदेखि विवादमा रहेको कश्मिर मुद्धामा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पल्ट ह्वाइट हाउस पुगेका इमरानसमक्ष अमेरिकी राष्ट्रपतिले कश्मिर मुद्धामा मध्यस्थता गर्न आफूहरू तयार भएको बताएका थिए।

ट्रम्पको यो प्रस्तावसँगै भारत एक पल्ट फेरि झस्किएको छ। इमरान सोमबार आफ्ना आर्मी प्रमुख क्वामार जाभेद बाजवासँगै ह्वाइट हाउस पुगेका थिए।

दुई देशका प्रमुखहरू बीचको भेटवार्तामा अफगानिस्तानमा शान्ति स्थापना गर्ने विषयमा पनि कुरा भएको पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

सन् १९४७ मा पाकिस्तान र भारत बीच विभाजन भएपछि दुबै देशले कश्मिर आफ्नो अभिन्न अंक भएको दावी गर्दै आइरहेका छन्।

कश्मिरको विवादलाई लिएर दुई देशबीच तीन पल्ट युद्ध भइसकेको छ। भारतमा केही महिनाअघि सम्पन्न निर्वाचनभन्दा अघि पनि दुई देशबीच युद्धको स्थिति बनेको थियो। कश्मिरलाई भारतमा गाभेपछि भारतले आफ्नाे अभिन्न अ‌‌ग भन्दै आइरहेकाे छ। 

कश्मिर विवादमा १ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। 

प्रकाशित मिति: : 2019-07-22 23:28:16

प्रतिकृया दिनुहोस्