भारतीय विदेश मन्त्री जयशंकर चीन जादैँ

Agency

भारतीय विदेश मन्त्री एस जयशंकर भारत र चीनको सम्बन्धलाई अझै गाढा पार्न आउँदो महिना चीनको भ्रमणमा निस्किदै छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन यात्राका लागि आधार स्तम्भ तयार पार्नेछन्।

मोदी अक्टुबरमा चीनको यात्रा गर्दैछन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्धिपक्षीय वार्ता हुने बताइएको छ।

जयशंकरले चीन भ्रमणका क्रममा विभिन्न मुद्धामा वार्ता गर्ने र दुई देशको सम्बन्धलाई अझ नजिक ल्याउने प्रयास गर्ने बताइएको छ।

चीन र भारतबीचको वार्तामा गत वर्षको डोकलाम विवादलाई बिर्सिएर व्यापारलाई गति दिने र लगानी भित्र्याउने विषयमा केन्द्रीत हुने बताइएको छ।

भारतका लागि नवनियुक्त चिनियाँ राजदुत सुन विदोङले पनि विश्वका दुई दिग्गज नेताहरूको भेटले दुई देशबीचको सम्बन्धले नयाँ उचाई लिने बताएका छन्।

 

प्रकाशित मिति: : 2019-07-21 06:12:23

प्रतिकृया दिनुहोस्