बाढी प्रभावित क्षेत्रमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरूको जम्बो टोली, सरकार अब पुनर्निर्माणमा लागिसक्योः गृहमन्त्री

तस्बिरः बिएल

काठमाडौं । गत बिहिबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पुर्‍याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न विभागीय मन्त्रीहरू प्रभावित क्षेत्रमा गएका छन्।

मन्त्रीहरू रामबहादुर थापा, उपेन्द्र यादव, रघुबिर महाशेठ, वर्षमान पुन,  कृषि राज्य मन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणि खड्का, रौतहटका सांसद प्रभु साहलगायतका मन्त्री तथा नेताहरू गएका हुन्।

निरिक्षणका क्रममा रौतहट पुगेका गृहमन्त्री रामबहादुर थापाले भएको क्षतिलाई मध्यजनर गर्दै सरकार अब पुनर्निर्माण र राहतमा लाग्ने बताएका छन्।

‘अब पुनर्निर्माणको प्रक्रियालाई सुरू भएको छ। हामी राहत र उद्धार के कसरी भइरहेको छ भन्ने अनुगमनमा आएका हौ,’ उनले भने।

क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्ने काम सरकारले अघि बढाएको भन्दै उनले जुन काम सरकारले गरिरहेको छ। त्यो पर्याप्त नभए पनि सकेसम्म कम भन्दा कम विपतबाट क्षति होस् भन्ने कुरामा सरकार गम्भीर रहेको बताए।

‘विपतको बेलामा कम भन्दा कम जनधनको क्षति होस् भनेर सरकारले आफ्नो काम अघि बढाइरहेको छ।,’ उनले भने,‘निश्चित रूमा हामीले भनेजस्तो नभएपछि हाम्रो विपत व्वस्थापन समितिमार्फत सबै तहहरुमार्फत क्षति न्यून गर्नका लागि आफ्नो काम गरिरहेको छ।’

प्रकाशित मिति: : 2019-07-17 11:44:27

प्रतिकृया दिनुहोस्