बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति घुस लिएको आरोपमा पक्राउ

बिएल

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहिबार पक्राउ गरेको छ।

काठमाडौंको टंगालस्थित अख्तियारबाट खटिएको विशेष टोलीले उपकुलपति रौनियार र डा.रामहरीलाई सेवाग्राहीसँग ८ लाख घुस लिएको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूले प्रतिष्ठानको भवन निर्माण ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस मागेको सूचना टंगालमा आएपछि अख्यिारले विशेष टोली खटाएको थियो।

उनीहरूलाई घुस बापतको रकम लिइसकेको अवस्थामा धरानस्थित उपकुलपतिको निवासबाट पक्राउ गरिएको हो। उनीहरू विरुद्ध अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2019-07-11 21:59:04

प्रतिकृया दिनुहोस्