ओली सरकारको चर्को आलोचना गर्दै शेखरले भने- अहिलेको सरकारमा सुशासन पटक्कै छैन
गिरिजाप्रसाद र लोकतन्त्र अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरे। उनले भने, ‘कांग्रेस र एमालेको सरकार छ। तर सुशासन पटक्कै छैन। यो कुरा अब हामीले भन्ने कि नभन्ने मैले त पटक पटक भनिरहेको छु हामी सत्तापक्षका मान्छे हौं। तर, सरकारमा छैनौं। सरकारमा हुने मन्त्रीहर"ले एमालेसँग सहकार्य गर्नुहोस् हामीलाई कुनै आपत्ति छैन। तर सत्तापक्षमा छौं तर सरकारमा नहुनेको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने जिम्मेवारी छ।’ उनले देश जब अप्ठ्यारोमा पर्छ तब कांग्रेसकोले सफल नेतृत्व गरेको दाबी पनि गरे। तर, अब कांग्रेस कहिले एमाले त कहिले माओवादीको पक्षमा नलाग्ने बताए।
बिएल संवाददाता - काठमाडौं