
सहकारीबारे छानबिन गर्न समिति नबनाए सरकारले नै संसद् अवरोध गर्न चाहेको पुष्टि हुन्छ: नेता निधि
‘संसदीय प्रणालीको प्रभावकारिता र सक्रियताका लागि संसद्ले महत्वपूर्ण विषयमा संसदीय छानबिन समिति बनाउनु स्वभाविक प्रक्रिया र अभ्यास हो। देशमा भइरहेको भ्रष्टाचार, अनियमितता र जनसरोकारका सवालमा संसदीय छानबिन समिति बनाउने कुरा यो प्रणालीको विशेष चरित्र पनि हो’, नेता निधिले भने।

बिएल संवाददाता - जनकपुर