सरकारलाई देश र जनताको चिन्ता छैन: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरेका छन्। शुक्रबार ललितपुरमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र मात्र गरिरहेकाे दाबी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं