मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

विदेशी महिलाकाे मलद्वारमा भेटियाे झण्डै चार केजी सुन!

नेपाल प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याएका तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ।  बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिक ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राराको डाँफे होटेलमा आगो

आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।थप क्षतिको बिवरण आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य सचिवमा रस्साकस्सी: ‘पहिलो नम्बर’मा संगीता

नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरुले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्‍याउन ओलीलाई सुझाव दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

उनलाई  पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए।  मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको २६२ औं वार्षिकोत्सवको अवसरमा टुँडिखेलमा सैन्य कला प्रदर्शनी

समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य  र सङगीतको धुन प्रदर्शन  गरेको थियो। साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण  र हतियार प्रदर्शन गरेको  थियोे। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए। साथै उनले मित्रराष्ट्र भारत, बेलायत  र अमेरिकाका  ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे। कार्यक्रममा  भारत, बेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वडाध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेउ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन्। मोस्ताक मेरो छोरो होइन।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरू बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडाध्यक्ष आफैं रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

पशुपतिनाथमा शिवरात्रिकाे राैनक (तस्बिरहरू)

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।  महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो।  ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक, कुन-कुन सडक बन्द छन्?

कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। ट्राफिक कार्यालयहरू यो क्षेत्रमा पार्किङ गर्न मिल्ने र बन्द गरिएका सडकहरूका बारेमा पनि जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धादिङमा ट्याङ्कर खस्यो, दुईजनाको मृत्यु

प्रहरीका अनुसार दुर्घटनामा गजुरीका १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाशिवरात्रि: बिहान दुई बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ।  भगवान् शिवजी उत्पत्ति भएको रातका रुपमा लिइने महाशिवरात्रि हिन्दुहरूको एउटा ठूलो पर्व पनि हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीमा मुछिएपछि सहकारीमन्त्रीका पीएले पिए विष, उपचारको क्रममा मृत्यु

समस्याग्रस्त सहकारीको मुद्दा मिलाइदिने भन्दै रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले आत्महत्या गरेको हुनसक्ने थापा निकट स्रोतले बताएको छ। समस्याग्रस्त सहकारी घोषणा भएको सुमेरु सहकारीको विषयमा थापाको नाम मुछिएको अडिओ सार्वजनिक भएको थियो। घटनास्थलमा एक सुसाइड नोट फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले सुसाइड नोटमा सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि आफ्नो प्रतिष्ठामा आँच आएको र साथीहरूले पनि विश्वास नगरेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईपीसीसीको ६२औं बैठक सुरु, यी कुरामा नेपालले फाइदा उठाउन सक्छ

हालै प्रकाशित एक अनुसन्धानले आईपीसीसीका प्रतिवेदनहरूमा एसडिजीको समावेशीकरण र यसको प्रभावकारितामा सुधार गर्न आवश्यक कदमहरू सुझाव दिएको छ। अनुसन्धान: एसडिजी र जलवायु कार्यबीच अन्तर्सम्बन्ध नेदरल्यान्ड्सस्थित ग्रोनिङ्गेन विश्वविद्यालयका डा. प्रजल प्रधानको नेतृत्वमा गरिएको एक अध्ययनले आईपीसीसीका विगतका प्रतिवेदनहरूमा एसडिजीको प्राथमिकता र समावेशीकरणको गहन समीक्षा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हाङ्जाउ

रिंकु मृत्यु प्रकरण: तीन जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ। पक्राउ परेका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैं महानगरले उद्धार गर्‍याे ७३ जना बालबालिका

काठमाडौँ महानगरपालिकाले ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ।महानगरले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हाे। जसमध्ये ३८ जना बाल संरक्षण गृहमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनएमा निर्वाचन गराउन शेष घलेको आक्रामक कदम

बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर एकता महाधिवेशनसम्बन्धी सबै कार्य गर्नेगरी घले अघि बढेका हुन्। सर्वोच्चको फैसलाअनुसार विधिवत रुपमा आफू मातहत कार्यालय ल्याएर काम गर्न खोजेको समितिका सदस्य विनोद कुवरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेमा बस पल्टियो, १७ जना घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस मंगलबार धुलिखेल नगरपालिका–१० सारादा बतासेस्थित बिपी राजमार्गमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपतिमा महाशिवरात्री पर्वको तयारी पूरा, गाँजा-भाङ निषेध

यस वर्षको महाशिवरात्री पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्री पर्व व्यवस्था मूल समारोह समिति-२०८१’ गठन भई सो मूलसमितिअन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरूको गठन गरी कार्य प्रारम्भ भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ टोलीबीच भेटवार्ता

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरे। कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रुपमा रुपान्तरण गर्ने काम गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्स्पेक्टर सन्तोषीको आत्महत्या प्रकरण- सशस्त्रकै इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

घटनाबारे अनुसन्धानका लागि सोमबार सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए। सिन्धुपाल्चोक घर भएकी सन्तोषी शनिबार राती ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने पारिवारले आशंका गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्थापक अध्यक्ष पदमबहादुर गुरुङकाे अभिव्यक्तिप्रति गेसोकाे घोर आपत्ति

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले हालै गोरखा भू.पू. सैनिकहरूको हक, हित र अधिकार संरक्षणका लागि संस्थागत रूपमा निरन्तर क्रियाशील रहेको स्पष्ट पार्दै संगठनको उद्देश्यविपरीत फैलाइएका भ्रमपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लन्डन