
राम्रो काम गर्न खोज्दा विरोध गर्ने र झुटो आरोप लगाउने लहर चल्यो- ओली
उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ। कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ। अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने।’ कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए। उनले भने ‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन्। त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन्। न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन। त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ। ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’

बिएल संवाददाता - काठमाडौं