बुधबार, १० सेप्टेम्बर २०२५

अपडेट- चीनको दिङ्गी केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

शनिबार दिउँसो काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार दिउँसो दुई बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। चीनको दिङ्गी केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ। शनिबार दिउँसो दुई बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको छ। विस्तृत विवरण आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नौंमती बाजा घन्काउने बालकुमारीहरू

‘सुरुवाती चरणमा धेरै समस्या भयो, जातिय हिसाबले हेरियो। समाज मात्र नभइ स्थानीय स्थानीय सरकारको हेर्ने दृष्टिकोण संकुचित थियो तल्लो जातको काम भनेर हेप्ने काम भयो। समाजमा संस्कार नै अझै परिवर्तन भएको छैन। हामी आफैंबाट परिवर्तन गर्नुपर्छ भनेर लागेका हौं,’उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा ‘कोटीहोम’ विवाद चर्कियो, महानगरले ‘दादागिरी’ देखाएको आरोप

‘महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको छ। हातपात भएको छ। षड्यन्त्रपूर्वक मान्छेहरु पठाएको पनि प्रमाणित भइसकेको छ। हामी एउटा क्षेत्रभित्र आनन्द भावले पूजापाठ, आरधना, भूमिपूजन गरिरहेका थियौं। त्यो समयमा यो किसिमको व्यवहार नगरपिता जस्तो व्यक्तित्वबाट हामीले अपेक्षा गरेका थिएनौं। हाम्रो विभिन्न पूजन सामग्रीहरु पनि जफत गरेर लिएर जानुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

आज दारी दिवस: अधिकार, समानता र सशक्तिकरणका लागि लडाईं

यसपालि नारी दिवसकाे नारा ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नारा तय गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिपक मनाङेकाे घट्याे एक वर्ष कैद सजाय

राजिब गुरूङ भन्ने ‘दिपक मनाङे’लाई २० प्रतिशत कैद छुट हुने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दीपक मनाङेलाई एक वर्ष कैद ‘माफ’

अदालतले उनलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसमध्ये उनले १ वर्ष ८ महिना पहिला नै कैद भुक्तान गरिसकेका थिए। अब अदालतको छुटपछि उनको कैद एक वर्ष कम भएको छ। र अब उनी १६ महिनामात्रै जेलमा रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशको ध्यान मधेसमा केन्द्रित छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकै ध्यान मधेसमा केन्द्रित भएकाे बताएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको बताएका हुन्। यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने उनकाे भनाइ थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

प्रचण्डकाे लागि प्रेसर कुकर बम बाेकें–दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले  अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रचण्डले नातिनीको लागि अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजिनामा दिएर बालनलाई आफूहरुको अभियानमा जोडिन दुर्गा प्रसाईंको सुझाव

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरूको अभियानमा जोडिन आग्रह गरेका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इस्लाम धर्मालम्बीहरू रमजानमा व्यस्त (तस्बिरहरू)

इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ।  धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (व्रत) सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन। स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको  छ। सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो। क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रम मन्त्रालय घुसको अड्डा बन्याे–डीपी अर्याल

रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताहाचलस्थित कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको बताएका हुन्।  मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर भएको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्यार्थीले गरे त्रिवि रेक्टर कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ।  त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका हुन्। केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका छन्।  सरकारका प्रवक्ता समेत रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक: महानिर्देशक भट्टराई

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजाले देश बचाउन सक्दैन–पृथ्वीसुब्बा गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजाले देश बचाउन नसक्ने बताएका छन्।  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुने छैन: सभामुख

सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन्। शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया सुरु

ऐनका केही प्रावधानले स्थानीय तहमा कार्यरत कर्मचारीहरु अन्यायमा परेको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिए पछि सरकारले ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

पोखरमा कोटिहोमको भूमिपूजा रोक्न खोजेपछि झडप...

पोखरा महानगरपालिकाले काेटीहाेम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। शुक्रबाबर महानगरले अनुमति बेगर भूमि पुजन गर्न नदिने अडान लिएपछि झडप भएकाे हाे। मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेकाे थियाे। तर महानगरले राेकपछि दुई पक्षबीच झडप भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं