
एससीटीले ल्यायो ‘एससीटी स्मार्ट वेनस्डे’ अफर
नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी स्मार्ट वेनस्डे अफर सुरु गर्दै छ। यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन्। यसको लागी भुक्तानी गर्न एससीटी-यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नुपर्नेछ। यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ।

बिएल संवाददाता - काठमाडौं