बुधबार, १० सेप्टेम्बर २०२५

राप्रपा सांसद बोहराको शव अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिँदै, आजै दाहसंस्कार गरिने

मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने भएको छ। बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको हो। श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ। लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो। राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रुपन्देशी लगिएको थियो। त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’, समकक्षीसँग भेटवार्ता

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झन् झन् ‘विषालु’ भइरहेछ, काठमाडौंको हावा

स्पस्ट कुरा के हो भने ठूलो पानी नपर्दासम्म वा ठूलो हुरीबतास नचलेसम्म यो काठमाडौंको आकाश यसैगरी धुम्मिरहन्छ। प्रदुषणका कणहरूले बाक्लिएको त्यो हावा बाहिर जान सक्दैन। केही दिन हामीले यस्तै बिषालु हावामा बाँच्नु नै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत  दोस्रो दिन खरना पर्व मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर

सविन महर्जनको पोष्टमार्टमः दायाँ हातको साइडमा एक गोली लागेको पुष्टि

राजावादी प्रदर्शनको क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका युवा सविन महर्जनको शव पोर्टमार्टम गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो। पोष्टमार्टम रिपोर्ट अनुसार महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार उनको दायाँ हातको साइडमा गोली लागेको पछाडिबाट निस्केको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद बोहराको पार्थिव शरीर भैरहवा लगिंदै, आजै काठमाडौं ल्याइने

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि बुधबार मात्र हुने भएको छ। मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय बोहराको पार्थिव शरीरलाई अहिले आज मंगलबार गृहनगर भैरहवा लगिने र आजै साँझ काठमाण्डौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद बोहराको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक समापन

प्रतिनिधि सभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो। बोहराको चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। संसदले शोक प्रस्ताव पारित गर्दै भनेको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभा सदस्य, आठ पटक नेपाल सरकारको मन्त्री रहनु भएका नेपाली राजनीतिको एक महत्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै २०८१ साल चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा निधन भएकोमा प्रतिनिधि सभाको यो बैठकमा उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली प्रकट गर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रहेनन् राप्रपा सांसद दीपक बोहरा

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा बोहराको ७४ वर्षको उमेरमा निधन भएको हो। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन्। उनी लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए। पछिल्लो समय उनी पेटको समस्याबाट समेत पीडित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति भयो नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्र

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वी खण्डको गैंडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नारायणगढ

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम !

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ललितपुर महानगरका मेयरद्वारा बिएलकर्मी शाक्य सम्मानित

आठौं विश्व नेवाः दिवसको अवसरमा नेवाः गुठी न्यूयोर्कले सम्पदा संरक्षण महाअभियानसँग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरेको एक कार्यक्रममा महर्जनले शाक्यलाई सम्मान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कमजोर भिजिबिलिटीले काठमाडौं विमानस्थलमा उडान प्रभावित, आधा दर्जन विमान डाइभर्ट

मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन उडान/अवतरण प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण आधा दर्जन विमान डाइभर्ट भएका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन्। काठमाडौं एयरपोर्टमा भिजिबिलिटी राम्रो नभएपछि जजिरा एयरवेज र एयर इन्डियाका दुई विमान भारतको बनारस डाइभर्ट भएका छन्। त्यस्तै फ्लाइ दुवईको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वरिष्ठ पत्रकार कोइरालाको निधन

कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा आलेख लेख्थे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनमोहन कप फाउण्डेसनद्वारा खेलाडी र पत्रकार सम्मानित

एमएम (मनमोहन) कप फाउण्डेसनले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेण्डर सार्वजनिक कार्यक्रममा राष्ट्रिय खेलाडी, प्रशिक्षक, पत्रकार, सामाजिक अभियान्ताहरूलाई सम्मान गर्नुका साथै किड्नी फेल भएका पुष्प श्रेष्ठलाई २५ हजार रुपैयाँसमेत प्रदान गरेको छ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा नेत्रहीन क्रिकेटरहरूलाई सामाग्री पनि वितरण गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

४४ वर्षपछि नेपाल फर्किए अमेरिका पुगेका पौराणिक मूर्ति र चित्रहरू

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यानमार भूकम्प : अहिलेसम्म १७ नेपालीभाषीकाे निधन

म्यानमारमा शुक्रबार गएकाे भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपाली भाषीकाे निधन भएकाे छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीकाे शव भेटिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार हत्याविरुद्ध विराेधसभा

राजावादीहरूले शुक्रबार तीनकुनेकाे एउटा व्यावसायिक भवनमा आगाे लगाइदिएका थिए। त्यहीँबाट भिडिओ खिचिरहेका पत्रकार रजककाे त्यसैमा जलेर मृत्यु भएकाे हाे। प्रदर्शनकारीले  भवनकाे मूल गेटमा ताल्चा लगाइदिएर पत्रकारलाई थुनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ