बिएल संवाददाता
वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँमै सीमित रहेको स्पष्ट पारेको छ।
विभागले जारी गरेको सूचनामा, निर्धारित शुल्कभन्दा बढी लिएको संस्थाको इजाजत पत्र स्वतः रद्द गरिने चेतावनी दिइएको छ।
पछिल्ला समय केही तालिम प्रदायक संस्थाले प्रति प्रशिक्षार्थी २ हजार १ सय रुपैयाँसम्म शुल्क लिएको देखिएको थियो।
विभागले अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र कुल शुल्क ७०० रूपैयाँमात्र हुने जानकारी दिएको छ।
२०८१ असोज १३ गते जारी प्रेस विज्ञप्तिमार्फत पनि यही शुल्क कायम रहेको र यसको उल्लंघन गरेमा कानूनी कारबाही हुने प्रष्ट पारिएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित कार्यविधिअनुसार तालिमका सबै मापदण्ड पालना गर्नुपर्ने नियम लागू हुने विभागले जनाएको छ।
विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र अभिमुखीकरण कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया