चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डंगोलले, नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदुषणमुक्त हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्दा आकाशे पानी संकलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सीसीटिभी क्यामरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेश गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रुपमा विद्युतीय प्रणाली मात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेश गर्ने, वेरुजु फस्र्योटको कार्ययोजना बनाउने लगायत विषय र क्षेत्रमा निर्देशन दिएकी थिइन्। यस्तै अनुगमन टोलीका काम अन्तरसम्बन्धित बनाउन उनको निर्देशन थियो।
बिएल संवाददाता
- काठमाडाैं